उपसभामुख भुसाललाई मातृशोक

लोकपथ
217
Shares

काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो।

दिवंगत गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।

उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?