एकीकृत समाजवादीको चुनाव केन्द्रित भेला शनिबार

लोकपथ
7
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीको शनिबार काठमाडौँमा भेला हुने भएको छ । उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तुति, आर्थिक विवरण प्रस्तुति र कमिटीको नयाँ कार्यसमितिको निर्वाचान गरिने कमिटीका सचिवालय सचिव कृतु भण्डारीले जानकारी दिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जिल्लाअन्तर्गत रहेका वडा, नगर, प्रदेश तथा केन्द्रीय निर्वाचन क्षेत्रमा उम्मेदवारको छनोटको कार्यविधि तयार गर्ने छ । साथै पाँच दलीय गठबन्धनमा भएका कमी कमजोरीको समिक्षा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?