माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दै

लोकपथ
52
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ । आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ ।

साथै, आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकले डा.बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?