प्रतिनिधिसभाबाट स्टाण्डर्ड नाप र तौल विधेयक पारित

लोकपथ
13
Shares
gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu’g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । प्रतिनिधिसभाले स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार छलफल भएको छ । छलफलमा सहभागि सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?