संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्ता गठबन्धनको निर्णय

लोकपथ
56
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसोधन गर्ने निर्णय गरेको छ । दलका शीर्ष नेता संलग्न बैठकमा सत्य निरुपण तथा मेलिमलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष, अप्रत्यक्ष संलग्न सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रुपमा गठवन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंगाउन टीआरसी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ ।

त्यस्तै, राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

मंगलबार बसेको गठबन्धन बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?