दीर्घकालीन फोहोर व्यवस्थापनको माग गर्दै सांसद गुरुङले गराईन् सरकारको ध्यानाकर्षण

लोकपथ
42
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद हिरा गुरुङले काठमाडौंमा फोहोरको समस्या गत वर्षहरुमा भन्दा धेरै भएको भन्दै त्यसको व्यवस्थापनका लागि सरकारसँग आग्रह गरेकी छन् । उनले बाढिपहिरो र डुबान पीडितहरुलाई राहत दिने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराईन् ।

सांसद गुरुङले भनिन्, ‘हरेक वर्ष नयाँनयाँ समस्याको रुपमा देखा परेको फोहोर व्यवस्थापन यसपाली झनै ठूलो समस्याको रुप लिएर आयो । पूरै काठमाडौं दूर्गन्धित भईसकेको छ । सरकारले महानगरको र महानगरले सरकारको मुख हेरेर बस्न मिल्दैन ।

प्रशासन लगाएर बञ्चरेडाँडामा दुई सय टिपर फोहोर फाल्दैमा सरकारले काम गरेको भन्न मिल्दैन । यसको दीर्घकालीन समस्या समाधानको निम्ति सभामुखमार्फत काम गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । वर्षेनी जाने बाढिपहिरोले जनधनको क्षति भएका जनताहरुलाई उचित व्यवस्थापन गर्ने भनिएपनि कार्यान्वयन पक्ष ढिलासुस्ती भएको हुँदा पीडितहरु आक्रोशित भएका समाचारहरु अखबारहरुमा दिनहुँजस्तो आईरहन्छ ।

जुरे पीडितले अझै पनि बासको व्यवस्था नपाएकाले ती पीडितहरुलगायत सबैलाई बासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?