राप्रपामा तालमेलको अधिकार राजेन्द्र लिङ्देनलाई

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अरु दलसँग गठबन्धन, तालमेल वा सहकार्यबारे निर्णय लिने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट गठबन्धन, तालमेल वा सहकार्यको निर्णय गर्ने एकल अधिकार लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले मंसिर ४ मा सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति घोषणा हुनु सकारात्मक र स्वागतयोग्य भएकोसमेत जनाएको छ । त्यस्तै, बैठकले अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको छ ।

राप्रपाले घोषणापत्र तयारीका लागि प्रा. डा. गीताभक्त जोशी संयोजक, सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्रा. डा. जयन्तनाथ खनाल र सहप्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ ।

यस्ता छन् निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?