काठमाडौं उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारबाही

लोकपथ
56
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?