विभिन्न स्थानमा पानीमा डुबेर तीन जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । रुपन्देही, दाङ र सुनसरीमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीस्थित भलुही खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी ९पश्चिम० सुनवल नगरपालिका–७ अस्नैया बस्ने ४० वर्षीय भिम चौधरी छन् । उनको शनिबार मृत्यु भएको हो ।

दाङको लमही नगरपालिका–६ बेल्दमारस्थित अर्जुन खोलामा साथीहरुसँग नुहाउने क्रममा डुबेर घोराही उपमहानगरपालिका–२ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेलको शनिबार मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित झुम्का चतरा नहरमा डुबेर सोही नगरपालिका–१ पुर्नबास बस्ने ५४ वर्षीय बिनोद कुमार काफ्लेको शनिबार मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?