काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय तीन दिन मात्रै बाँकी रहेको छ ।
निर्वाचन आयोगले निर्माण गरेको कार्यतालिका अनुसार अब तीन दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बीचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया