काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट पार्टीका तर्फबाट प्रतिष्पर्धामा उठाउने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले आगामी निर्वाचनको लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न पार्टी केन्द्रिय कार्यालयका मुख्य कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका सह-महामन्त्री भीष्म आङ्दम्बेले बताए ।
उनले आगामी निर्वाचनको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क) (ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(७) (क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पुर्याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रिय कार्यालय मार्फत निर्देश दिइने बताए ।
सह-महामन्त्री आङ्दम्बेले बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भादौ २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने निणय गरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया