काठमाडौं । केही दिनदेखि आएको अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको विभिन्न स्थानमा क्षति पुगेको छ ।
अविरल वर्षाका कारण नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे, पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाट, लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको छ ।
क्षति भएसँगै नेपाली कांग्रेसका नेता तथा नुवाकोट जिल्लाका पुर्व सभापति जगद्विश्वर नरसिंह केसीले उक्त स्थानहरुको अवलोकन गरेका छन् । उनले आफ्नो जिल्लामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस नेता केसीले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपायासमेत बगाएको उल्लेख गर्दै उद्दारकार्यमा जुट्न सबैमा आग्रह गरेका छन् ।
उनले प्राकृतिक विपद्को यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक, पुल, खानेपानी आयोजना, सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिघ्र मर्मत, संभार र पुनर्निमाण गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया