राज्यलाई ट्रयापमा पार्नेहरुलाई छोड्दिन : मन्त्री चौधरी

लोकपथ
70
Shares

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई नछोड्ने बताएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘म मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ, फेरि पनि मन्त्री बनाउँछु सम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन् ।’

यस अघि सहरको नक्सांकन गर्नेहरुले, ठेकेदारहरुले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको बताएका मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए ।

‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोड मुनिका योजनाहरु रोक्नुभएको थियो । त्यसमा अदालतको समेत स्टे अर्डर आइसकेको छ । मैले तत्काल खोल्न निर्देशन पनि दिइसकेको छु । ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्ने देखि लिएर जम्मै बर्बाद पार्ने सम्म भइरहेको छ । ठेकेदारले त योजनालाई दुहुनो गाइ पो बनाइरहेका छन् ।’ मन्त्री चौधरीले आक्रोश पोखे ।

आफ्नो कार्यकाल छोटो भएतापनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने बताएका मन्त्री चौधरीले काठमाडौँसँग जोडिएका ३ वटा ठुला सहर बनाउने, गैर कानुनी ढंगले बनाइएका भवन हटाउने देखि लिएर भूकम्पीय दृष्टिले जोखिमयुक्त अपार्टमेन्टबारे समेत अध्ययन गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?