काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभाका सांसदहरुले बाढि, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै एमालेका सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढिपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका हुन् । बैठकमा बोल्दै सांसद भट्टले कैलाली र कञ्चनपुरका जनता बाढि, पहिरोबाट बढि प्रभावित भएपनि उनीहरुलाई राहत दिन सरकारले उचित कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनले वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन पनि सरकालाई सचेतसममेत गराएका छन् ।
सांसद भट्टले भने, ‘देशभर भईरहेका अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको समाचार आईरहेको छ । सुदूरपश्चिमको नौं वटै जिल्लामा वर्षाका कारण बाढिपहिरो आउँदा जनताले धेरै क्षति व्यहोर्नु परेको छ । त्यसमा पनि विशेष कैलाली र कञ्चनपुरका जनता यसबाट ज्याँदा प्रभावित भएका छन । जसका कारण त्यहाँका जनताको दैनिकी कष्टकर भईरहेको छ । गाँसबासको समस्या भईरहेको छ । वर्षाले प्रभावित जनताको धनजनको क्षतिको न्यूनिकरण, रोकथाम र बाढि पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिमा सरकारको यथाशिघ्र ध्यान दिन सम्माननीय अध्यक्षज्यूमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
एमालेका अर्की सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाएकी छिन् । उनले किसानलाई खेतीवालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नवालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना समेत गरिन् ।
सांसद घिमिरेले भनिन्, ‘गत वर्ष किसानहरुले स्याहार्ने बेलाका धानवाली वर्षाले नष्ट भयो । त्यतिबेला सरकारले क्षतिपूर्ति दिने भन्दै स्थानीय तहमार्फत् त्यसको रेकर्ड माग्ने र बैंक खाता खोल्ने सम्मका कुराहरु सरकारले गर्न लगायो । तर, सरकारले यसको क्षतिपूर्ति त कुरै छोडौं । यो वर्ष धान रोप्नका निम्ति मल समेत दिन सकेन । कि यो सरकारले के काम गरिरहेको छ ? यो सरकार जनताको दुःखमा कुनै लेखाजोखा राख्न सक्छ कि सक्दैन ? यो जनताले थाहा पाउनै छोडिसके । अहिले भर्खरै नेपाल सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने कुरामा हप्ता पनि बाँकि नराखि मूल्यवृद्धि गर्यो । तर, अहिले भारतमा मूल्य घट्दाखेरी फेरी त्यसको समायोजन गर्ने कुरामा कुनै चासो दिएको छैन ।’
सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोपसमेत लगाउकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया