सुरक्षाकर्मी पठाएर पेट्रोलका ट्यांकरहरू काठमाडौं ल्याइने

काठमाडौं । हप्ता दिनदेखि पेट्रोलियम पदार्थको डुवानीमा हड्तालका कारण काठमाडौंमा पेट्रोलको अभाव देखिएको छ । जसका कारण सरकारको पनि विरोध भइरहेको छ ।

सरकारले भने हडतालका कारण ठप्प रहेका तेलका ट्यांकर सुरुक्षा निकायका चालक ल्याएर पेट्रोलियम पदार्थ बोकेका ट्यांकर काठमाडौं ल्याउने भएको छ । सरकारले सुरक्षा निकायका झण्डै ६० चालकलाई प्लेन चार्टर गरी पठाएर भए पनि तेलका ट्यांकर काठमाडौं ल्याउन लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भैरहवा र सिमरामा आजै चालक पठाइएको छ । सरकारले हडतालमा उत्रिएका चालकहरुबाट साँचो लिएर काठमाडौं ल्याउने तयारी थालेको हो ।

पेट्रोलियम ट्यांकरका चालकहरुले भदौ १ गतेबाट लागू भएको मुलुकी ऐनमा भएका कतिपय ऐनको विरोध गर्दै र सुरक्षा भत्ता र तलब वृद्धिको माग गर्दै पेट्रोलका ट्यांकरको ढुवानी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?