प्रधानमन्त्री देउवा आफैँ संसदप्रति जवाफदेही छैनन् : खगराज अधिकारी

लोकपथ
133
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका सांसद अधिकारीले प्रतिनिधिसभामा प्रधानमन्त्री महिनाको दुई पटक उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि देउवाले त्यसो नगरेकोमा आपत्ति जनाएका हुन् ।

उनले सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दाबी गरेका छन् ।

मंगलबार आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताए ।

सांसद अधिकारीले महिलाहरुसँग क्षमता भएकाले उनीहरुलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?