धारिलो हतियार देखाएर मच्छेगाउँमा २९ तोल सुन र ५ थान हिराको गरगहना चोरी

लोकपथ
364
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट मंगलबार बिहान गरगहना र नगद चोरी भएको छ ।

अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई दराजभित्र रहेको नगद १ लाख ५० हजार रूपैयाँ, करिब २९ तोला बराबरको सुन तथा ५ थान हिराका गरगहनाहरू चोरी गरी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?