देशभर मौसममा बदली, यी क्षेत्रमा वर्षाको सम्भावना

लोकपथ
175
Shares

काठमाडौं । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा भइरहेको छ।

दिउँसो देशभर बदली रहनेछ । पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

बुधबार पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?