काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्युटर अधिकृत घुस रकमसहित पक्राउ परेकि छिन् ।
ललितपुर महानगरपालिका–१७ सुन्धारा घर भएकी ५१ वर्षीया बिन्दु श्रेष्ठ प्रधानलाई साउन १८ मा कार्यालयबाट ३० हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेको हो ।
कम्युटर बिलिङको सफ्टवेयर स्वीकृति गराउन जाँदा सेवाग्राहीलाई हैरानी दिएर उनले घुस मागेकी थिइन् । त्यसै सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया