काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईने भएको छ । यो योजनाअन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।
यसै क्रममा तामाकोशी गापा २, डाँडा गाउँ कुल बहादुर घिसिङ तमाङले एक लाख जितेका छन् । श्याम इलेक्टोनिक्स इलेक्टिक डिलरअन्तर्गत रहेको JDOL1-9 का रबिन्द इलेक्टोनिक्स का डिलर दाईकाेमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिसहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेलले पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया