राहदानी विभागमा प्राविधिक समस्या

लोकपथ
70
Shares

काठमाडौं । राहदानी (पासपोर्ट) लिनको लागि प्रत्येक दिन ११ बजे आवेद फारम खुल्ने गरेको छ ।

गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आज (आइतबार) का लागि प्राविधिक त्रुटिका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ ।

विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ ।

यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरुलाई मंगलबार आवेदन फारम पेश गर्ने मिति तोकिएको विभागले जनाएको छ ।

विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?