मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति बन्छ : पञ्चा सिंह

लोकपथ
126
Shares

पोखरा । अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन ।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभिया उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो दाबी गरेकी हुन ।

मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहको जिकिर थियो ।

तिन महिने अभियान सञ्चालन गरेको अखिल९क्रान्तिकारी०ले सुदुरपश्चिम, लुम्बिनि, कर्णाली, सहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमति प्रदेश र मधेश प्रदेकका भेला र कार्यक्रमहरु श्रावण महिना भित्र सम्पन्न हुने अखिल(क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?