काठमाडौं । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।
संघीय संसद सचिवालयले आइतबार बस्ने बैठकको कार्यसूचीमा चोलेन्द्र माथिको महाअभियोगबारे छलफल हुने उल्लेख गरेको छ ।
२०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ ।
गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपनि उनी निलम्बनमा रहेका छन् ।
त्यस्तै, भोलिको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया