काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेनबीच शिष्टाचार बिदाई भेट भएको छ ।
राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको भेटमा नेपाल र फिनल्याण्डबीच रहिआएको द्वपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुकोसमेत उपस्थिति रहेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया