डेढ महिनाको लागि मनकामना केबलकार बन्द हुँदै (सूचनासहित)

लोकपथ
2.2k
Shares

काठमाडौं । आगामी साउन २३ गते सोमबारबाट मनकामना केबलकार केही समयमा लागि बन्द हुने भएको छ ।

करिब डेढ महिना मर्मत संभारको लागि बन्द गर्न लागिएको मनकामना केबलकार सञ्चालन समितिले जनाएको छ ।

अष्ट्रियाबाट आएका प्राविधिकहरुबाट एनालग बाट डिजिटल सिस्टम परिवर्तन गर्ने पहिलो चरणको कामका लागि बन्द गर्न लागिएको बताइएको छ ।

समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मनकामना केबलकारको स्तरोन्नतिको (Analog System बाट Digital System मा परिवर्तन गर्ने) पहिलो चरणको कार्यका लागि Doppelmayr बाट आउनु हुने प्राविधिकहरुबाट हुन गइरहेको हुँदा यहि मिति श्रावण २३ गते, सोमबार (8th, Aug, 2022) बाट सञ्चालनको अर्को सूचना प्रकाशन नभएसम्म केबलकार सेवा बन्द रहने छ । स्तरोन्तरीको लागि ५-६ हप्ताको समय लाग्नेछ ’

साथै सो अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा यथावत सञ्चालनमा रहने समेत बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?