भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण

लोकपथ
77
Shares

काठमाडौं । भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरी ६८९ को परीक्षण गरिएको हो ।

मङ्गलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा संक्रमण देखिएको हो । यस्तै कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा सङ्क्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?