टप १५ हेडलाइन्स : भारतले गण्डक बाँधका सबै ढोका खाेलेकाेदेखि पहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्धसम्म

लोकपथ
77
Shares

१. सबै मन्त्री र सचिवहरुसँग प्रधानमन्त्री शेरबहादुर देउवाले गरे छलफल, विभिन्न कार्ययोजनाको प्रभावकारी कार्यसम्पादनमा लाग्न मन्त्री र सचिवहरुलाई निर्देशन ।

२. भारतले गण्डक बाँधका सबै ढोका खोल्यो, नवलपरासीका ४० भन्दा बढी गाउँ डुबानको जोखिममा, तटीय क्षेत्रका वासिन्दालाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह ।

३. जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर सत्तारुढ गठबन्धनले लाजमर्दो काम गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष, विवादित व्यक्तिलाई पुनः मन्त्रालयमा ल्याएर नैतिक धराधलमा हमला गरेको टिप्पणी ।

४. पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै थपिए ३१३ जना संक्रमित, सक्रिय संक्रमित ५ हजार नाघे
८१४ जनामा कोरोना संक्रमण ।

५. लगातारको वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरो, ठाउँ-ठाउँमा सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती, म्याग्दीमा पहिरोले घर परिँदा एकै परिवारका ५ जनाको मृत्यु ।

६. देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको नेकपा एमालेका सांसद डा. भीम रावलको आरोप, विदेशीसँग खुलेआम साँठगाँठ हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्न माग ।

७. पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियुको माग, यथाशीघ्र मूल्य समायोजन नभए आन्दोलनमा उत्रने चेतावनी ।

८. विप्लव समूहका नेताविरुद्धको पक्राउ पुर्जी जारी गरिएकोप्रति एमाले र माओवादीको आपत्ति, कारबाहीको नाममा विप्लव समूहलाई फेरि हिंसातर्फ पठाउन नहुने एमाले प्रमुख सचेतक विशाल भट्टराईको भनाइ ।

९. आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गरेर मनाइयो, घरमा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास।

१०. नेपालीहरुको परनिर्भरता बढ्दै, एक वर्षमा फलफूल खरिदका लागि साढे १७ अर्ब रुपैयाँ बाहिरियो, सबैभन्दा बढी स्याउ आयात ।

११. मंगलबार सेयर बजारमा सामान्य गिरावट, नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ बिन्दुमा रोकियो, ३ अर्ब २९ करोडको कारोबार।

१२. युक्रेनमा सैन्य हमला गरेसँगै रुसले ३.७ गुणाले बढायो भारततर्फको निर्यात, अप्रिल र मे महिनामा मात्रै भारतलाई ५ अर्ब डलरको निर्यात, कच्चा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी ।

१३. चीनले १६ अल्पविकसित देशबाट आउने सामग्रीमा भन्सार नलिने, सेप्टेम्बर १ मा लागू हुने यो नीतिले कूटनीतिक सम्बन्ध भएका देशहरूसँग बजारका विभिन्न अवसरहरू आदानप्रदान गर्न मद्दत पुग्ने ।

१४. नेपाल भलिबल संघको अध्यक्षमा चुनाव लड्ने निरोज मास्केको घोषणा, भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारलाई अघि बढाउने प्रतिबद्धता ।

१५. साफ यु २० च्याम्पियनसिप २०२२ अन्तर्गत लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग नेपालको बराबरी, नेपाल फाइनलमा पुग्ने या नपुग्ने भारत र माल्दिभ्सको नतिजामा भर पर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?