आजको टप फिप्टिन हेडलाइन्स : एकै परिवारका ४ जना मृत फेलादेखि महँगीविरुद्ध एमालेको प्रदर्शनसम्म

लोकपथ
98
Shares

१. काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला, मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगियो, घटनाबारे थप अनुसन्धान हुँदै ।

२. हातहतियार तथा खरखजाना मुद्दामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहितका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी, आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप ।

३. नेपालमा भएका प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको एमाले अध्यक्ष केपी शार्मा ओलीको भनाइ, नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा व्याख्या गर्नुपर्नेमा जोड ।

४. पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, २६४ जना संक्रमणमुक्त, १ जनाको मृत्यु ।

५. विभिन्न स्थान आएको बाढी र पहिरोका घटनाबारे गृहमन्त्री बालकृष्ण खाणको चाँसो, उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन आग्रह ।

६. एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलको आरोप, जनतामाथि घात गर्नेहरुलाई चुनावको मैदानमा पराजित गर्नुपर्ने भनाइ।

७. विदेशी मजदुरको लागत संकलन गर्न श्रम मन्त्रालयलाई संसदीय समितिको निर्देशन, नेपाली उद्योगमा विदेशी कामदार रहेको भए उनीहरुको ठाउँमा नेपालीलाई नै राख्न आग्रह ।

८. महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन, इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्न सरकारसँग माग ।

९. कोरोना संक्रमित बढेपछि सरकारले थाल्यो तयारी, ७ वटै प्रदेशका १७ वटा अस्पतालहरुमा कोरोनाका बिरामीको निशुल्क उपचारको व्यवस्था ।

१०. भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेको नेपाल आयाल निगमको भनाइ ।

११. दिनभरको उतारचढावका बीच सामान्य अंकले बढ्यो सेयर बजार, नेप्से १ अंकले बढ्दा ४ अर्ब ६७ करोडको कारोबार, व्यापार समुहमा लगानीकर्ताको आकर्षण ।

१२. सन् २०२० को मार्चदेखि कोभिड महामारीका कारण बन्द न्युजिल्यान्डको सिमाना पूणर् रूपमा खुला, भिसा चाहिने आगन्तुक र विद्यार्थी भिसामा रहेकाहरूलाई न्युजिल्यान्ड फर्कन अनुमति ।

१३. श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू, इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न उपभोक्तलाई सरकारको आग्रह ।

१४. विश्वकप २०२६ का लागि नेपालले एसियन छनोटको पहिलो चरण खेल्नुपर्ने, पहिलो चरणमा एसियाका २६ देखि ४७औँ वरीयतासम्मका टिमले खेल्ने।

१५. एएफसी महिला एसियन कप-२०२६ आयोजना गर्नका लागि ४ राष्ट्रले गर्यो दाबी, कप आयोजनाका लागि अष्ट्रेलिया, जोर्डन, साउदी अरेबिया र उज्वेकिस्तानको दाबी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?