पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रक चालक फरार

लोकपथ
91
Shares

कास्की । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले हिजो बेलुकी पौने ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?