राहदानी बनाई दिने भनी ठगी आरोपमा ४ जना पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । प्रहरीले राहदानी बनाई दिने भनी ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । प्रहरी बृत्त कालिमाटीबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित राहदानी बिभाग अगाडिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउपर्नेमा जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने वर्ष ३३ को राम बहादुर बोगटी, धनकुटा पाख्रिबास नगरपालिका १० चुन्वाङ घर भई हाल काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने वर्ष २८ को श्यामकुमार राई रहेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने वर्ष २२ को राम पौडेल र काठमाडौं गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल घर भई काठमाडौं महानगरपालिका ७ चाबहिल स्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने वर्ष ४१ को विबेक गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले साउन ११ गते काठमाडौको त्रिपुरेश्वररस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुलाई केही ब्यक्तिहरुले तुरुन्तै एकै दिनमा राहदानी बनाई दिन्छौं ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न प्रलोभनमा पारी नगद रकम संकलन गरी ठगी गर्नुका साथै किर्ते गरी अनलाइन फारम भरिदिने कार्य गरिरहेको छन् भन्ने बिशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले ल्यापटप ३ वटा, प्रिन्टर १ वटा, मोबाइल ३ वटा बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि काठमाण्डौ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भई रहेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?