काठमाडौं । प्यूठानमा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।
जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा दुर्घटना भएको हो ।
स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जिप दुर्घटनामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया