खगेन्द्र लामिछानेद्वारा निर्देशित फिल्म ‘पानीफोटो’आजबाट देशभर प्रदर्शन

लोकपथ
126
Shares

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेद्वारा निर्देशित फिल्म ‘पानीफोटो’आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मले देशभर एकल प्रदर्शनको अवसर पाएको हो । यसै फिल्ममार्फत खगेन्द्रले निर्देशनमा बडेब्यु गरेका छन्।

माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको फिल्मले बेपत्ता छोराको खोजीमा रहेको एक दम्पतीको कथा देखाएको छ ।

फिल्ममा खगेन्द्र आफैँ मुख्य भुमिकामा देखिएका छन् भने उनीसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको अभिनय रहेको छ ।

फिल्मको निर्माता रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुन् । लेखन र अभिनयबाट लामिछानेले पाएको चर्चाको कारण फिल्म प्रति दर्शकको उच्च अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?