सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । कैलाली र बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा से.६ प ८०२८ नम्बरको मोटरसाइकल गाईलाई ठक्कर दिई बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ५५ वर्षीय निर्मल हमाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाराको कलैया उपमहानगरपालिका–२० पसहा खोलामा बीआर ०५ एएम ११६५ नम्बरको स्कटुर बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक देवताल गाउँपालिका–२ बस्ने ६० वर्षीय रामअच्छे साह तेली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?