साई ग्लोबल एकेडमीमा अत्याधुनिक ल्याबमार्फत अध्यापन

लोकपथ
42
Shares

भैरहवा । रुपन्देहीको भैरहवामा अवस्थित साई ग्लोबल एकेडमीले अत्याधुनिक ल्याब (प्रयोगशाला) मार्फत अध्यापन गराउन थालेको छ ।

४० वर्षअघि स्थापित संस्थाले माध्यमिक तहसम्मको शिक्षा यसरी नै प्रदान गरिरहेको छ ।

मुख्यता: ११ र १२ कक्षाका लागि विज्ञान, म्यानेजमेन्ट संकायमा अध्यापन गराइरहेको एकेडमीले करिब एक करोड ५० लाख लगानीमा स्थापना भएको डस्ट फ्रि मोडुलर भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान विषयको प्रयोगशालामार्फत अध्यापन गराइरहेको छ । ‘यो नेपालकै नमुना ल्याब हो, हामीले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै यसको थालनी गरेका छौँ,’ एकेडमीका निर्देशक दिनेशमान अमात्यले भने ।

विज्ञान विषय अध्ययनमा प्रयोगत्मक ज्ञान महत्वपूर्ण भएकले ल्याब सञ्चालनमा ल्याइएको हो । ल्याब स्थापनापछि विद्यार्थीहरूको आकर्षण बढे पनि भैरहवाका विद्यार्थीलाई पूर्ण रुपमा रोक्न भने नसकेको विज्ञान संकायका संयोजक कृष्णमोहन कहारले भने ।

यस एकेडेमीमा विज्ञान संकायमा मात्रै शैक्षिक सत्र २०७५र७६ मा ७५ जना विद्यर्थाी थिए । वर्ष २०७६र७७ मा ८४, २०७७र७८मा एक सय १३, २०७८र७९ मा एक सय ३९ हुँदै अहिले वर्ष २०७९र८० का लागि एक सय ६९ जना अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?