काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा गरिएको ५ हजार २५ नमुना परीक्षणमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशै भरमा हाल सबै भन्दा बढी कोरोनाका सक्रिय संक्रमित काठमाडौं जिल्लामा रहेका छन् । काठमाडौंमा मात्रै २ हजार २ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा हालसम्म २ हजार ३ सय छ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म काठमाडौंबाट ३ लाख २२ हजार ४ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया