एजेन्सी : भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले यौन आनन्दका लागि महिलाले सेक्सको विरोध गर्नुपर्ने चाहना राखेको खुलेको छ ।
अमेरिकी जन्म नियन्त्रण अभियानकी अभियन्ता तथा यौन शिक्षक मार्ग्रेट सांगर सन् १९३५मा भारतको भ्रमण गरी गान्धीलाई गर्भ निरोधक उपायको उपयोगमा सहमत गराउने प्रयास गरेकी थिइन् ।
तर सांगर गान्धीलाई सहमत गराउन सकेकी थिइनन् ।

गर्भ निरोधक उपायको उपयोग गरी महिलाहरूको स्वतन्त्रा संरक्षण हुने विषयमा भारतका १८ शहरका चिकित्सक र अभियन्ताहरूसँग छलफल गर्ने उद्देश्यका साथ सांगर भारत आएकी थिइन् ।
रामचन्द्र गुहाले भारतका राष्ट्रपिता नामको पुस्तकमा गान्धीको जीवनी लेखेका छन् ।
त्यसमा सांगर गान्धीलाई उनको आश्रममा भेटेकी उल्लेख छ । यो पुस्तक ११२९ पृष्ठको छ ।
यसमा महिला अधिकार, सेक्स र ब्रहमचर्यका विषयमा गान्धीका मूल्यवान दृष्टिकोण प्रस्तुत गरिएको छ ।
सांगर र गान्धीबीचको विषय गान्धीका नीजी सहायक महादेव देसाईको नोटबाट उपलब्ध भएको दर्शाइएको छ ।
गान्धी र सांगर दुबै महिला मुक्त हुनुपर्छ र महिला आफ्नो भाग्यको निर्णायक आफै हुनुपर्छ भन्ने विषयमा सहमत देखिए ।
तर दुबै बीच छिट्टै मतभेद उपस्थित भयो । न्युयोर्कमा १९१६मा सांगरले पहिलो परिवार नियोजन केन्द्रको स्थापना गरेकी थिइन् ।
गर्भ निरोधकहरू महिला मुक्तिको सबै भन्दा सुरक्षित उपाय भएको उनको विश्वास थियो ।
तर गान्धीले यसमा आंशका व्यक्त गरे । उनले भने “महिलाले आफ्नो पतिको विरोध गर्नुपर्छ र पुरूषले वासनामाथि नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।”
सांगरले गान्धीलाई भनिन“महिलाहरूमा पुरूष जस्तै कामुक भावना गहिरो गरी बसेको हुन्छ ।
पतिहरूसँग पत्नीहरूको शरीरिक मिलनका चाहनाहरू हुन्छन् ।
तपाई सोच्नु हुन्छ प्रेममा भएका दुई जना दुई वर्षभित्रको यौन सम्बन्धले संगै खुशी हुन्छन् ।
उनीहरूको सम्बन्धका आधारमा जतिखेर सन्तान चाहन्छन् त्यतिखेर पाउन सक्छन् ”
गर्भ निरोधका उपायहरू बारे उनले यसरी गान्धीलाई विश्वास दिलाउन खोज्दा पनि सकिनन् । गान्धी आफ्नो विचारको अडानमा अडि रहे ।
गान्धीले सांगरलाई “आफ्ना लागि सबै सेक्स ‘हवस वा यौन लालासा’ नै हो ” भने ।
गान्धीले पत्नी कस्तुरबासँगको सम्बन्धकाबारेमा सांगरलाईबताए ।
उनले कस्तुरबासँगको सम्बन्ध अब आध्यात्मिक भएर आएको बताए ।
शारीरिक आनन्दका लागि सेक्सलाई विदाइ गरेको बताए ।
गान्धीको विवाह १३ वर्षको उमेरमा भएको थियो ।
चार सन्तानका बाबु भएपछि गान्धीले ३८ वर्ष पछि ब्रह्मचर्य धारण गरेका थिए ।
जैन गुरू रायचन्दभाई र रुसी लेखक लियो टाल्सटायबाट प्रभावित भएर गान्धी ब्रह्मचर्य भएको त्यो पुस्तकमा उल्लेख छ ।
उनले पत्नीसँगको सेक्स गरिरहेका बेला उनको पिताको मृत्यु भएको घटनाबाट आफूलाई लागेको पश्चातापबारे लेखेका छन् ।
सांगरले गान्धीलाई विश्वास दिलाउन नसक्दा आश्रमबाट फर्किइन र लेखिन आफूले आफ्नो अभियानमा गान्धीको समर्थन पाउन असफल भएको लेखिन् ।
गान्धीले कृत्रिम जन्म नियन्त्रणका बारेमा पहिलो पटक मात्र बोलेनन् ।
भारतीय महिला अधिकारकर्मीले पनि गर्भ निरोधका उपाय वा आत्म नियन्त्रण कुन महिला मुक्तिका लागि सही हुने भनि सोध्दा गान्धीले भनेका थिए “ शरीरको स्वतन्त्रता गर्भ निरोधमा रहेको तपाईहरू सोच्नु हुन्छ ? महिलाहरूले पतिहरूको विरोध गर्न सिक्नु पर्छ ।
गर्भ निरोधकहरूको उपयोग पश्चिमा स्थापित भएको छ भने यसले भयंकर परिणाम ल्याउनेछ । पुरूष र महिलाहरू सेक्सका लागि मात्र बाँच्ने छन् । उनीहरू कमलो मगज, असन्तुष्ट र मानसिक र नैतिकरूमा ध्वस्त हुनेछन् ।”
गान्धीले सेक्सलाई सन्तानोत्पादनका लागि मात्र आवश्यक मानेका थिए ।
विश्वको परिवर्तनका लागि महिलाले सेक्सका लागि पुरूषको विरोध गर्न र पुरूषले आफ्नो काम लालसामा नियन्त्रण गर्नुपर्ने धारणा गान्धीको रहेको गुहाले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया