पागल प्रेमीले तोडे दुई पटक आफ्नी प्रेमीकाको विवाह, पञ्चायतले गर्‍यो यस्तो निर्णय

लोकपथ
168
Shares

काठमाडौं । बिहारको छपरामा एक पागल प्रेमी आफ्नी प्रेमिकाका लागि यतिसम्म पागल भएका छन् की उनले प्रेमिकाको विवाह भड्काएका छन् ।

अचम्म लाग्दो कुरा के छ भने, उनले एक पटक होइन दुई पटक प्रेमिकाको विवाह भड्काएका थिए । प्रेमिकाले अरुसँग विवाह गर्न लागेपछि उनले आफ्नो मन खिन्न हुन थालेको र आफ्नो मायालाई भुल्न नसकेपछि प्रेम पाउनको लागि यस्तो कदम चालेको बताएका छन् ।

के हो, मामला ?

यो घटना भारतको सारण जिल्लाको पानापुर ब्लकको हो । जहाँ एक युवक आफ्नो मामाको गाउँमा बस्थे र उनकी प्रेमिका पनि त्यही गाउँमा बस्थिन् ।

केही समयमै दुईबीचको प्रेम पनि गहिरियो। भनिन्छ माया लुक्दैन र मर्दैन । यो मामला पनि त्यस्तै छ । उनीहरुको प्रेमको बारेमा केटीका बुबाले थाहा पाएर केटीको विवाह अर्को ठाउँमा तय गरे र केही दिनपछि विवाहको मिति तोके । यो कुरा थाहा पाएपछि युवक रिसाए । उसले कुनै न कुनै तरिकाले केटीलाई ल्याउने प्रयास गर्न थाले ।

विवाहको कुरा थाहा पाउने बित्तिकै ती युवक युवतीको घर पुगे । युवतीलाई उनको बुबाले आपत्तिजनक कुरा भनेपछि उनले घर छोडिनन् ।

जब दोस्रो पटक पनि युवतीको विवाह हुन लाग्यो युवब फेरि उनको घर गएर तमासा देखाउन थाले ।

पञ्चायतले विवाह गरायो : 

युवकको यस्तो पागलपन देखेर प्रेमिका बुबा पनि निकै रिसाए । युवतीले पनि अनेक बिन्ती भाउ गरेपछि उनका बाबुले हार खाए र पञ्चायत बोलाए । पञ्चायतीले उनीहरुको विवाह गरिदिने निर्णय गर्यो र उनीहरुको विवाह भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?