बामगाउँमा अस्थाई प्रहरी चौकी स्थापना

लोकपथ
119
Shares

मुगु । छायाँनाथ रारा नगरपालिका-१४ बाम गाउँमा अस्थाई प्रहरी पोष्ट स्थापना भएको छ । वरिष्ठ प्रहरी हवल्दार बखतबहादुर बस्नेतको कमाण्डमा पाँच जना प्रहरीसहितको चौकी स्थापना भएको हो ।

लामो समयको मागपछि चौकी स्थापना भएकोमा स्थानीय खुशी भएका छन् । मुगु-हुम्ला लिंक रोड जोड्ने ग्रामिण पुहँच कार्यक्रम र्याप ३ को भवनमै प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?