नवलपरासी । नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् ।
उनको चौपत्तास्थित शहिद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।
आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरो पुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया