काठमाडौं– निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ ।
दोषी पत्ता लगाउन माग गर्दा भदौ ७ र ८ मा प्रहरीको गोली लागेर घाइते भएका उनीहरू काठमाडौंमा उपचाररत छन् ।
भदौ ७ गते जिल्ला प्रशासन कार्यालय अगाडि गोली लागेर घाइते भएका भीमदत्त–४ का अर्जुन भण्डारीको अझै होस आएको छैन । गोली लागेदेखि नै बेहोस भएका उनको उपचारक्रममा काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा दायाँ खुट्टा काटिएको छ ।
‘घटनाकै दिनदेखि भाइ अचेत छ,’ अर्जुनका दाइ योगेन्द्रले भने, ‘मनमोहनबाट बुधबार त्रिवि शिक्षण अस्पताल सारेका छौं ।’ उनका अनुसार औषधि र उपचार खर्च सरकारले बेहोरे पनि बाहिरी खर्चमा समस्या भइरहेको छ । डाक्टरले सुधार हुने भने पनि खासै प्रगति नदेखिएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया