काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको तिनकुनेमा रहेको एक कल सेन्टरमा छापा मारेको छ।
विशेष सूचनाका आधारमा प्रहरीले उक्त छापा मारेको र अहिले छापा मार्ने काम भइरहेको प्रहरी स्रोतले लोकपथलाई बतायो । कल सेन्टरबाट थुप्रै विद्ध्युतीय उपकरणहरु बरामद गरेको छ ।
स्रोतका अनुसार ८ जना महिलाहरुलाई पक्राउ गरिएको छ । छापा बारे थप विवरण आउन बाँकी छ ।
पछिल्लो समय प्रहरीले कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गर्नेहरुमाथि एक्सन लिएको छ ।
आइतबार मात्रै रुपन्देहीको एक कल सेन्टरबाट प्रहरीले १५० जनालाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया