काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिएका छन् ।
३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले देशभर दुई हजार ५३७ जना सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा ५६ जना निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया