बर्दिया र स्याङ्जामा पानीमा डुबेर चार जनाको मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । बर्दिया र स्याङ्जामा पानीमा डुबेर चार जनाको मृत्यु भएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहराको बुधबार मृत्यु भएको हो ।

पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङजाको गल्याङ नगरपालिका–६ पेलाकोटस्थित सिंचाई पोखरीमा डुबेर सोही ठाउँ बस्ने कामना गुरुङकी छोरी ४ वर्षीया सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्र गुरुङको बुधबार मृत्यु भएको छ ।

सोफिया डुबेको देखेपछि उनको उद्दार गर्न गएकी बिन्द्र डुबेर अशक्त भएकी थिइन् । उनीहरुलाई तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?