सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलबीच मर्जर सम्झौता

लोकपथ
21
Shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भएको छ ।

बीमा सम्बन्धी प्रचलित ऐन र बीमा समितिबाट जारी बीमक गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६ (संशोधन सहित) तथा बीमा समितिको निर्देशन अनुसार गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा आज बिहीबार दुबै कम्पनीका प्रमुखहरुले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट, मर्जर समितिका संयोजक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीको तर्फबाट, मर्जर समितिका संयोजक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?