प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

लोकपथ
77
Shares

काठमाडौं । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भईरहेको सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ । यता, बुधबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो । गतसाता निरन्तर बढ्दौ गएको सुनचाँदीको मुल्य यो साता निरन्तर घटदौ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?