काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४७ पैसा छ ।
क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा र बिक्री दर ९७ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा छ । साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल १ को खरिदमूल्य ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया