टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो ।

शव बोकेर टोकियोमा आवेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए । श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आवेको निवासमा जाने अनुमान गरिएको छ । यसैबीच, आवेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ ।
हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीका अनुसार आवे पनि सोही संगठनमा आबद्ध थिए । यद्यपि, संगठनबारे थप विवरण केही दिइएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया