काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीमाथि छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको बैठक बोलाएका छन् ।
बुधबार राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित समितिको पहिलो बैठक बस्न लागेको हो ।
आजका लागि दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैेठक बस्नुअघि सभामुख सापकोटाले समितिको बैठक बोलाएका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएको आरोपपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।
उनीमाथि छानबिन गर्न बुधबार संसदमा ११ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिले सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन समेत सभामुखले निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया