सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने कुरा सुन्दैछु : भीम रावल

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो बताएका हुन् । उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यक्ता रहेको बताए।

सांसद रवलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए ।

उनले सत्ता पक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको बताए । उनले यत्तिको समय बितिसक्दा पनि पत्र नपठाउनु गम्भीर भएको बताए ।

सांसद रावलले नेपालको परराष्ट्र नीति नेपालको संविधान बमोजिम नेपाल कुनैपनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?