काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि अनुमति माग्दै असार १५ गते बोर्डमा निवेदन दिएको हो ।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणलाई दुई चरणमा बिक्री गर्नेछ।
सुपर मादीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया